Virtual Nepali class for children April 5, 2020 Sunday-Encourage your children

Virtual Nepali Class

नेप्लीज एसोसियसन अफ फ्लोरिडा (नाफ) को आयोजनामा भर्चुअल नेपाली पाठशाला कक्षा संचालन गरिन लागिएको विषय यहाँहरु समक्ष सहर्ष जानकारी गराउन चाहन्छौं । फ्लोरिडाका विभिन्न शहरहरुमा नेपाली वालबालिकाका लागि संचालित नेपाली पाठशालालाई सहयोग पु-याउन यस किसिमको कक्षाको संचालन गर्न लागिएको हो ।

सहभागी पाठशालाहरु

क) एनसीसीओ ओल्र्याण्डो पाठशाला (NCCO Orlando Pathsala)

ख) गेन्स्भिल पाठशाला (Gainesville Nepali Pathsala)

ग) वेश्ट पाम बिच नेपाली पाठशाला (Westpalm Beach Nepali Pathsala)

घ) ज्याक्स नेपाली पाठशाला (Jacksonville Nepali Pathsala)

ङ ) रमाइलो ट्याम्पा (Ramailo Tampa)

पाठशालासंग सम्बन्धित नहुनुभएका अन्य उत्सुक  भाइबहिनिहरुले  समेत कक्षामा सहभागिता जनाउन सक्नुहुनेछ ।

अहिलेको अवस्थामा भाइबहिनीहरुलाइ केहि समय भएपनि समय बिताउन सजिलो होस  साथै भाइबहिनिहरुलाइ एक आपसमा नजिक ल्याउने उदेश्यले कक्षाको संचालन गरिएको हो । वालवालिकालाइ अविभावकहरुसंग संगै राखेर भर्चुअल कक्षामा सहभागिता जनाउनहुन समेत अनुरोध गरिन्छ ।

मिति ः अप्रिल ५, २०२० (आइतवार)

समय ः दिउसो १ बजे देखि २ :३० बजेसम्म

यहाँहरु सवैको सहयोगको अपैक्षा गर्दछौं ।थप जानकारीकोलागि –नाफमा सम्पर्क गर्नुहोला info@floridanepalese.org)/narayanneupane@gmail.com/anilanepane@gmail.com

धन्यवाद,

नेप्लीज एसोसियसन अफ फ्लोरिडा (नाफ)